काठमाडौं। फागुन २२ गते हुने निर्वाचनको विरोधमा सिपी गजुरेल, धर्मेन्द्र बस्तोला र आहुतिलगायतका छ वटा क्रान्तिकारी कम्युनिस्ट दलले आह्वान गरेको उपत्यका बन्दको प्रभाव काठमाडौंमा न्यून देखिएको छ। बन्दका बाबजुद राजधानीका मुख्य सडक र जडिबुटी क्षेत्रलगायत विभिन्न स्थानमा सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा रहेका छन्।

आज बिहानदेखि नै सार्वजनिक तथा निजी सवारीसाधन चलिरहेका छन् भने बजार क्षेत्रहरू पनि आंशिक रूपमा खुला देखिएका छन्। सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेकाले जनजीवन सामान्य राख्न सहयोग पुगेको छ।

यसअघि आन्दोलनकारीहरूले बन्दको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न स्थानमा मसाल जुलुस निकाल्दै निर्वाचन बहिष्कारको आह्वान गरेका थिए। जुलुसका क्रममा केही व्यक्तिहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ।

निर्वाचनविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिए पनि आजको बन्दले अपेक्षित प्रभाव पार्न नसकेको देखिन्छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले जनतालाई दैनिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।