रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (RNLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको हो।
सो सम्बन्धी निर्णय इन्स्योरेन्सको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गरेको हो।प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।