काठमाडौं । मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले मिस युनिभर्स २०२५ को उपाधि जितेकी छिन्।

२५ वर्षीया फातिमालाई गत वर्षको विजेता डेनमार्ककी भिक्टोरिया क्जेर थेल्विगले ताज पहिराइदिएकी थिइन्।

ADVERTISEMENT

थाइल्याण्डकी प्रवीनर सिंह दोस्रो, भेनेजुएलाकी स्टेफनी अबसाली तेस्रो, फिलिपिन्सकी अहतिसा मनालो चौथो र आइभरी कोस्टकी ओलिभिया यासे पाँचौ स्थानमा परिन् ।

ADVERTISEMENT

फातिमाले मिस युनिभर्स थाइल्याण्डका निर्देशक नवात इत्साग्रिसिलले आफूलाई मूर्ख भनेको विरुद्ध बोलेकी थिइन्। निर्देशकले सुरक्षाकर्मीलाई बोलाएपछि सबै प्रतियोगीहरूले दुर्व्यवहारका कारण समारोह छोडेका थिए।