काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने निणर्य गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई ९.९९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
हाल कायम चुक्ता पुँजीको आधारमा सेयरधनीलाई ५.६३ प्रतिशत बोनस सेयर र ४.३६ नगद लाभांश (करसहित) लाभांश दिने भएको छ ।
साथै, उक्त उक्त बोनस सेयर कम्पनीको वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात नियमानुसार वितरण गरिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।






