काठमाडौँ । अमेरिकी उच्च भन्सार करका बावजुद पनि भारतबाट अमेरिकी बजारतर्फको निर्यातमा सुधार देखिएको छ ।

अमेरिकीकाले अगस्ट २७ देखि भारतमाथि ५० प्रतिशत आयात कर लागू गरेको थियो, जसमा रूसबाट तेल किनेबापत थप २५ प्रतिशत जरिवाना पनि समावेश थियो ।

भन्सार कर लागू भएपछि भारतबाट अमेरिकातर्फको निर्यातमा तत्काल गिरावट आएको थियो । तर पछिल्ला तथ्यांकअनुसार सेप्टेम्बरमा ५ खर्ब ५ अर्ब डलर रहेको निर्यात अक्टोबरमा १४ दशलमव ५ प्रतिशत बढेर ६ खर्ब ३ अर्ब डलर पुगेको बीबीसीले जनाएको छ ।

यो सुधार भारतीय सरकारी तेल कम्पनीहरूले अमेरिकासँग वार्षिक एलपीजी आयात बढाउन सहमति जनाएका बेला देखिएको हो ।

साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही कृषि उत्पादनमा भने छूट दिएको छ, जसले भारतलाई राहत मिल्ने अपेक्षा छ ।