काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्क आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

ADVERTISEMENT

चालु खाता २ खर्ब ३७ अर्ब शोधनान्तर २ खर्ब ६४ अर्ब ३ ५९ करोड र करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा डलरमा ३५.४ प्रतिशतले र अमेरिकी २९२ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

चालु आर्थिक वर्षको असोज महिनाको विप्रेषण आप्रवाह २ खर्क १ अर्ब २२ करोड रहेको छ । निर्यात ८९. ६ प्रतिशतले १९.८ प्रतिशतले बढेको छ ।

र आयात नेपाल सरकारको खर्च ३६४ अर्ब ५९ करोड र राजस्व परिचालन २ अर्ब ४९ अर्ब ५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

बैंक तथा वित्तीय संस्थाहरुवीचको अन्तरबैंक कारोवारको भारित औसत व्याजदर २.५८ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत व्याजदर १.९१ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ३.८५ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७५० प्रतिशत रहेको छ ।