काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झापा इनर्जीको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा आज शुक्रबार अर्थात कात्तिक २८ गते कम्पनीको ३८ लाख १ हजार ९ सय कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १००.१२ रुपैयाँदेखि ३ सय ३६ पैसा सम्म ओपनिङ रेञ्ज तोकेको छ ।
अब कम्पनीको सूचीकृत सेयर नेप्सेमा आइतबार अर्थात कात्तिक ३० गते कारोबारमा आउँनेछ ।





