काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले बोर्डबाट कात्तिक २४ गते आईपीओ निष्कासनको अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँको दरले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासनको अनुमति दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।


