काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेकी छन्।

मंगलबार उनलले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक सन्देश जारी गर्दै दुःखको यस घडीमा नेपाल भारतको साथमा रहेको बताएकी छन्।

ADVERTISEMENT

दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसन नजिकै एउटा कारमा विस्फोट हुँदा नौजनाको मृत्यु र २४ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ADVERTISEMENT

‘हिजो साँझ दिल्लीमा भएको दुःखद विस्फोटको घटनाले म स्तब्ध र दुःखी छु। शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। दुःखको यो घडीमा नेपाल भारतको साथमा उभिएको छ,’ कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छन् ।

वम विस्फोटको घटनापछि भारत सरकारले विभिन्न राज्यमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। विस्फोटको संवेदनशीलतालाई ध्यानमा राख्दै भारतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूका लागि एक सुरक्षा चेतावनीसमेत जारी गरेको छ।

ADVERTISEMENT