काठमाडौं । गायिका ज्योति मगरले भने बालेनलाई शिष्ट भाषामा कटाक्ष हानेकी छन् । बालेनले अहिलेसम्म गरेका क्रियाकलापप्रति ज्योतिले उनलाई स्मरण गराएका छन् । आफूलाई कुनै पनि शक्तिबाट परिचालित नभएको देखाउन मध्यरातमा भँडास पोखेको ज्योति मगरको भनाइ छ ।

उनले लेखेकी छन्, ‘गरिब को चमेली बोल्दिने कोही छैन भन्दै गरिबहरुको ठेला उठाउनु भो । म नेपाल हाँसेको हेर्न चाहन्छु भन्दै जेनजी उक्साएर सर्लक्कै देश जलाउनु भो । जुन जुन शक्तिको आडमा फिल्मी स्टाइलमा बितन्दा मच्चाउनु भो त्यही शक्तिहरुले थेचार्न थालेपछिको असन्तुष्टि छर्लंग ।’

ADVERTISEMENT

उनले थप लेखेकी छन्, ‘रातको १२ बजे मुख छोड्दा हुने फाइदा, भँडास डिटक्स, कुनै शक्तिबाट परिचालित छैन भन्ने प्रमाण, सुठ्ठाको क्वालिटी पर्फेक्ट भएको प्रमाण, खास बुढी मार्न खोजेको काल पल्क्यो ब्रो ।’

ज्योतिले राति पिसाब फेर्न उठ्दा श्रीमतीले थाहा पाएर स्टाटस डिलिट गर्न लगाएको नत्र भने अहिलेसम्म धेरै लाइक र भ्युज आउँथ्यो भनेर व्यंग्य पनि गरेकी छन् ।