काठमाडौं । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पुनस् राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी छन् ।

सन् २०२४ मा डोनाल्ड ट्रम्पसँग राष्ट्रपतीय चुनावमा पराजित भएकी ह्यारिसले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी हुन् ।

ADVERTISEMENT

पराजयपछि पहिलोपटक बीबीसीलाई दिएको अन्तर्वार्तामा ह्यारिसले भनिन्, ‘मेरो समय अझै सकिएको छैन । म सम्भवतस् फेरि एकदिन राष्ट्रपति बन्न सक्छु ।’

ADVERTISEMENT

६१ वर्षकी ह्यारिसले एकदिन आफू अमेरिकाको महिला राष्ट्रपति बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

उनले भनेकी छन्, ‘मेरो नातिनीहरूले आफ्नै जीवनकालमा अमेरिकामा पहिलो महिला राष्ट्रपति देख्नेछिन् ।’

ADVERTISEMENT

उनले थप भनिन्, ‘मेरो समय अझै सकिएको छैन । मैले जीवनभर सेवा गरेको छु, र त्यो मेरो रगतमै बसिसकेको क्ुरा हो ।’

अन्तर्वार्तामा ह्यारिसले राष्ट्रपति ट्रम्पमाथि समेत निसाना साँधेकी छन् । उनले ट्रम्पलाई ‘अत्याचारी’ को संज्ञा दिँदै भनिन्, ‘मैले चुनाव अभियानका क्रममा ट्रम्पको अधिनायकवादी प्रवृत्तिबारे चेतावनी दिएकी थिएँ, र ती सबै कुरा अहिले आएर सत्य सावित भएका छन् ।’