काठमाडौं । अबदेखि एटिएमबाट एकपटकमा २० हजार र दैनिक ५० हजार मात्रै झिक्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले डेविट कार्ड (एटिएम) बाट गरिने कारोबारको सीमा घटाएको छ।

राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यसको सीमा घटाएको हो। संशोधित व्यवस्थाअनुसार अब एकपटकमा एटिएम बुथबाट २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ। यसअघि एक पटकमा २५ हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने सुविधा थियो।

प्रतिदिन कारोबार सीमा पनि एक लाख रुपैयाँबाट घटाएर ५० हजार रुपैयाँमा सीमित गरिएको छ। मासिक कारोबार सीमा भने एक लाख रुपैयाँले घटाइएको छ।

ADVERTISEMENT

यसअघि डेविट कार्डबाट मासिक रुपमा चार लाख रुपैयाँबराबरको कारोबार गर्न पाउने सुविधा थियो। अहिले त्यसलाई घटाएर तीन लाख रुपैयाँमा सीमित गरिएको हो। राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसको सीमा घटाएको जनाएको छ।

ADVERTISEMENT