काठमाडौं । माओवादीले आगामी फागुन २१ मा तय आमनिर्वाचनमा सहभागिता जनाउने भएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको माओवादी सचििवालय बैठकले घोषित मितिमा निर्वाचन गराउन सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

बैठकले निर्वाचन गराउन वातावरण बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौँ, त्यसका लागि सम्बन्धित पक्षसँग छलफल गर्नेछौँ,’ उनले भने ।

ADVERTISEMENT

माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपा, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरेका थिए ।

साथै, मनसुनजन्य विपद प्रतिकार्यको तयारी र सरकारको भूमिकाको बारेमा समेत छलफल भएको माओवादीले जनाएको छ ।

ADVERTISEMENT