काठमाडौं, देशभर लगातार परेको वर्षा र मौसममा सुधार नआएकाले बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ। खराब मौसमका कारण भिजिबिलिटी  अत्यन्त न्यून भएको र उडान सुरक्षामा जोखिम उत्पन्न हुनसक्ने देखिएपछि उडान स्थगित गरिएको कम्पनीले जनाएको छ।

एयरलाइन्सले यात्रुहरूलाई उडान पुनःनिर्धारण वा टिकट रिफण्डका लागि आफ्ना ट्राभल एजेन्सी, अनलाइन पोर्टल वा कल सेन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

ADVERTISEMENT

कल सेन्टर नम्बर: ०१–५९७०९००
इमेल: [email protected]

ADVERTISEMENT

कम्पनीले यात्रुहरूको असुविधाप्रति खेद व्यक्त गर्दै मौसममा सुधार आएपछि उडान पुनःसञ्चालन गर्ने जानकारी दिएको छ।