ललितपुर । फुलसर्कलको आयोजनामा ज्वाइन्ट पपअप कार्निबल सम्पन्न भएको छ । एकदिने कार्निवलमा १५ सयभन्दा बढी दर्शक सहभागी थिए । सहभागी दर्शकले निकै फरक र अविस्मरणीय अनुभवको रूपमा प्रशंसा गरेका छन् ।
सहभागीहरूले कार्निवललाई यसको विविधता र आकर्षक वातावरणका लागि सराहना गरेका छन् । कार्निवलमा हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइल उत्पादनसहितका २५ भन्दा बढी स्टल राखिएका थिए । जसमा गेमिङ जोन र ब्रान्ड एक्टिभेसनसम्म थियो ।
यसबाट सहभागीहरुले किनमेलभन्दा धेरै सांस्कृतिक उत्सवमा सहभागी भएको अनुभव गरे। प्रतिस्पर्धात्मक खेल, अद्वितीय उत्पादनहरूको खोजी र ब्रान्डहरूसंगको सिर्जनात्मक अन्तरक्रियाले सहभागीहरूलाई अझै रमाइलो बनाएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डहरूको प्रायोजनमा विशेषगरी इन्फिनिक्स स्मार्टफोन र सेन्चुरी मसला तथा स्न्याक्स र फूलसर्कलको व्यवस्थापनमा गरिएको कार्निवलले विश्वव्यापी नवीनता र स्थानीय उद्यमशीलताको उत्साहलाई जोडेको आयोजकले जनाएका छन्। २५ भन्दा बढी स्टलहरूले हस्तकला, फेसनदेखि खाद्य र टेक उत्पादनसम्म प्रस्तुति दिँदै नेपाली सिर्जनशीलताको रंगीन झलक देखाएका थिए ।
इन्फिनिक्स स्मार्टफोनले मोबाइल लेजेन्डस् ब्याङ ब्याङ गेमिङ प्रतियोगिता आयोजना ग¥यो । जसले युवाहरूमाझ उत्साह जगायो। विजेताने नयाँ हट सिक्सटी प्रों स्मार्टफोन पुरस्कार स्वरूप प्राप्त गरे।
कम्पनीले आफ्नो नयाँ उपकरण गिनिज वर्ल्ड रेकर्डमा पाएको सबैभन्दा पातलो फोन हट सिक्सटी प्रों ंर गेमिङ केन्द्रित जीटी ३० प्रो प्रदर्शन गरेको थियो । जसले टेकप्रेमीहरूको ध्यान खिच्यो ।
सेन्चुरी मसला र स्न्याक्सले कार्निवलमा नेपाली परम्पराको स्वाद भरेको अनुभव प्रस्तुत ग¥यो । यसको स्टलमा लोकप्रिय मसला र स्न्याक उत्पादनहरू प्रदर्शन मात्र नभई उपहारसमेत दिइयो, जसले जागन्तुकलाई नेपाली स्वादको सम्झना दिलायो ।
अन्य ब्रान्डहरूले पनि कार्निवललाई अझै उत्साहपूर्ण बनाए । हुवावेले प्रिमियम स्मार्टवाच प्रदर्शन गर्दै विशेष अफरअन्तर्गत प्रत्येक खरिदमा निःशुल्क इयरबड्स बाँड्यो। तक्षशिला एजुकेशन कन्सल्टेन्ट्सीले विद्यार्थीहरूलाई मिनीगेममार्फत निःशुल्क आईएलटीएस र पिटिई क्लास भौचर प्रदान ग¥यो।
त्यस्तै, सिजी नुडल्सले आफ्ना लोकप्रिय नुडल प्याकहरू बाँडेर आगन्तुकलाई खुसी बनायो । योयोसोले आफ्ना उत्पादनहरू उपहारस्वरूप वितरण गरेको थियो ।







