काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा महानगरपालिका वडा नम्बर ३० लाई कार्यालय सञ्चालन गर्न टेबल कुर्सी हस्तान्तरण गरेको छ ।
जेनजीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पूर्ण उपकरण तथा फर्निचर जलेर नष्ट भएको थियो ।
कामना सेवा विकास बंैकका ढुंगेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई फर्निचरहरु हस्तान्तरण गरेकी हुन् ।
वडाध्यक्ष सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनामा सहयोग गरी कार्यालय सञ्चालन गर्न सहयोग गरेकामा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालाहरुलाई पनि पुनःनिर्माणमा जुट्न आह्वान गरे ।
बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरणसहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
कार्यालय पूर्णरुपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरिबहादुर बस्नेतलाई हस्तान्तरण गरेका छन् ।
बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्तो काम थालेको हो ।










