काठमाडौं  राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यस क्रममा घटेका घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी आलोचना र विरोधमा परेका छन्। बढ्दो दबाबकै बीच उनले अन्ततः अपिल जारी गर्न बाध्य भएका छन्।

प्रधानमन्त्री ओलीले अपिलमार्फत कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नपर्ने भन्दै समस्याको समाधान शान्तिपूर्ण संवादमार्फत मात्र खोज्न सकिने बताएका छन्। उनले वर्तमान परिस्थितिको मूल्याङ्कन गर्न आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेकोसमेत उल्लेख गरेका छन्।

“सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु,” ओलीको अपिलमा भनिएको छ।

ADVERTISEMENT

तर विपक्षी दल र नागरिक समाजले प्रधानमन्त्री ओलीको यो अपिललाई ‘विरोध चर्किएपछि आएको प्रतिक्रियामात्र’ भन्दै आलोचना गरेका छन्। विश्लेषकहरूले यो कदमलाई जनआक्रोशको परिणामका रूपमा हेरेका छन्।

ADVERTISEMENT