काठमाडौं । काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि शुक्रबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ।

इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो। इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । बिहीबार बसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो ।

कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास गरिन्छ । शनिबार इन्द्रजात्रा हो । इन्द्रजात्रामा सरिक हुन काठमाडौं महानगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिसकेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT