साना। यमनका हूथी–समर्थित सरकारका प्रधानमन्त्री अहमद ग्हालेब अल–राहवी इजरायली हवाई आक्रमणमा मारिएका छन्। शनिबार साँझ राजधानी सानामा भएको आक्रमणमा अल–राहवीसहित उनका केही मन्त्रीहरू पनि मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हूथी समूहका उच्च नेताहरूले अल–राहवीको मृत्यु भएको पुष्टि गरेका छन् साथै इजरायली सेनाले पनि सानामाथि आक्रमण गरी “महत्त्वपूर्ण सैन्य तथा राजनीतिक लक्ष्य” हासिल गरिएको दाबी गरेको छ।

अल–राहवी हूथी सरकारका प्रमुख नेतामध्ये एक थिए र उनले यमनको आन्तरिक राजनीतिक व्यवस्थापन तथा क्षेत्रीय शक्तिहरूसँगको सम्बन्धमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनकाे मृत्युले यमनमा जारी गृहयुद्ध झन् चर्किने र क्षेत्रीय असन्तुलन बढ्ने आशंका गरिएको छ। थप जानकारीका अनुसार उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहले रहावीको भूमिकालाई सम्हाल्ने बताइएको छ ।

ADVERTISEMENT

यमन लामो समयदेखि गृहयुद्धको चपेटामा परेको छ। सन् २०१४ देखि राजधानी सानासहित उत्तर यमनमा नियन्त्रण कायम गर्दै आएको हूथी समूह र साउदी–समर्थित सरकारबीच संघर्ष जारी छ। 

ADVERTISEMENT

हालैका दिनहरुमा , हुती विद्रोहीहरूले ‘रेड सी’  हुँदै जाने अन्तर्राष्ट्रिय व्यापारीक जहाजहरू र इजरायलतर्फ लक्ष्यित गरि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेका थिए। यसले इजरायलको व्यापारिक मार्ग, ऊर्जा आपूर्ति तथा सुरक्षा प्रणालीमा प्रत्यक्ष खतरा पुर्‍याएकोभन्दै इजरायलले यसलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडेर हेर्दै आएको छ।

ADVERTISEMENT

त्यसैले, इजरायलले यमनस्थित हुती लडाकु संरचना, हतियार भण्डार र आक्रमण क्षमतालाई निष्क्रिय बनाउन हवाई आक्रमण गरिरहेको छ। यो आक्रमणले मध्यपूर्वमा तनाव बढाएको छ, किनभने यसमा इरान, साउदी अरब, अमेरिका लगायत  अन्य शक्तिहरूको पनि अप्रत्यक्ष संलग्नता देखिन्छ।