काठमाडौं । अविरल वर्षाले ललितपुरको च्यासलस्थित एमाले मुख्यालय वरपरको क्षेत्र डुबानमा परेको छ । यतिबेला एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न भएको छ ।
झन्डै एक घन्टादेखिको वर्षाले मनोहरा खोलाको पानी करिडोर भरिएर एमाले मुख्यालय प्रवेश गरेको हो । पार्टी मुख्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी ओली सोही जलमग्न सडक हुँदै पार्टी कार्यालय प्रवेश गरेका छन् ।
पार्टी कार्यालयभित्र प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् । बाहिर भने कार्यालय परिसर जलमग्न भएको छ । यसअघि पनि एमाले मुख्यालय डुबानमा पर्दै आएको छ ।













