काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो ।
साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका ६ मा बहने फेदीखोलामा फेदीखोला थुमलुंगमा चार दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ ।
आयोजना निर्माण सम्पन्न गर्न ९४ करोड लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण चार करोड लागत वृद्धि भई ९८ करोड लाग्ने भएको छ ।
आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपुँजी सेयर धनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् रु। ५० करोड राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए।






