काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन ।
तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोदिएका हुुन ।
नेकपा एमाले का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए ।
उहाँले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरूको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे।





