काठमाडौं । विभिन्न सात बुँदे माग राखेर बुधबारदेखि माइतीघरमा आमरण अनसन थालेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् । चिकित्सकको सल्लाहअनुसार वीर अस्पताल भर्ना भएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ ।

तीन दिनसम्म भोकहड्तालमा बसेका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बसेका हुन् । हालसम्म प्रमुख भट्टराईको माग सम्बोधन नभएकाले उनले अनशनलाई निरन्तता दिइरहेका छन् । स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाहअनुसार प्रमुख भट्टराई अस्पताल भर्ना भएका हुन् । उनले अस्पतालमै अनशनलाई निरन्तरता दिएका छन् ।

ADVERTISEMENT

माइतीघर मण्डलामा आमरण अनशनमा रहेका प्रमुख भट्टराईलाई बुधबार साँझ नेपाल प्रहरीले त्यहाँबाट उठाउन खोजेको थियोे । प्रहरी र प्रमुख भट्टराईको समर्थकहरुबिच भनाभनसमेत भएको थियो ।

ADVERTISEMENT

भट्टराईले बाँदरलगायत जंगली जनावारको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने, काठमाडौँबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्नेलगायतका माग प्रमुख भट्टराईले राखेका छन् ।