काठमाडौं,  नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत मनोहरा खोलाको किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध निर्माण गरेको छ।

वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क प्रदेशको संयुक्त आयोजनामा भएको यो अभियान अन्तर्गत बाढीको समयमा डुवानमा परेर जनताले भोग्नुपर्ने समस्यालाई कम गर्न तटबन्ध बनाइएको वाईसीएलका नेताहरूले जानकारी दिएका छन्। मनोहरा खोलाको वार्षिक वर्षामा बाढी पस्दा बस्तीमा ठूलो क्षति हुने गरेकोले जनताको सुरक्षाका लागि तटबन्ध निर्माण गरिएको उनीहरूको भनाइ छ।

ADVERTISEMENT

वाईसीएलका कार्यकर्ताहरूले श्रमदानमार्फत तटबन्ध निर्माणमा सहभागिता जनाएका छन्। उनीहरूले यस्तो अभियानले समुदायमा सचेतना र सहयोगको भावना बढाउने विश्वास व्यक्त गरेका छन्। यस किसिमको सामाजिक पहलले प्राकृतिक विपद्का बेला जोखिम न्यूनीकरणमा सघाउने तथा युवाहरूलाई जिम्मेवार र सकारात्मक कार्यमा संलग्न गराउने उद्देश्य राखिएको वाईसीएलले जनाएको छ।

ADVERTISEMENT