काठमाडौं । रूसको सुदूर पूर्वी क्षेत्रमा आएको ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि हवाई, गुआम, नॉर्दर्न मारियाना द्वीप समूह, र रशियन प्यासिफिक तटीय क्षेत्रका केही भागमा सुनामीको चेतावनी जारी गरिएको छ। हवाईमा १० फिटसम्मको सुनामी लहर आउन सक्ने चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ सर्वे (USGS) का अनुसार, उक्त भूकम्पको तीव्रता ७.४ म्याग्निच्युडको रहेको छ।  भुकम्पको केन्द्रबिन्दु कमाण्डर द्वीप समूह नजिकैको समुद्रमा रहेको जनाइएको छ।  भूकम्प जमिनी सतह भन्दा १०७ किलोमिटरको गहिराइमा आएको थियो।

प्रारम्भिक विवरणअनुसार, अहिले सम्म कुनै मानवीय क्षति वा भवनहरु भत्केको भएको सुचनाहरु आएको छैन, तर क्षेत्रीय अधिकारीहरूले नागरिकहरूलाई तटीय क्षेत्र छाड्न आग्रह गरेका छन्। भूकम्पपछिको परिस्थितिलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले हवाईका लागि सुनामीको  चेतावनी जारी गर्दै हवाईमा सुनामीको  लहरहरू १० फिट उचाइ सम्मको  हुन सक्ने आकलन गरिएको छ। विशेष गरी हवाई राज्यका तटीय शहरहरू  हिलो, होनोलुलु, मौई र काउई उच्च जोखिममा रहेको जनाइएको छ।

ADVERTISEMENT

 


हवाईको तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन, अग्लो स्थानमा  जान र आपतकालीन स्थितिको  बन्दोबस्त गरि तयारी अवस्थामा बस्न भनिएको छ। विमानस्थलहरूमा समेत सतर्कता अपनाइएको छ भने केही उडानहरू प्रभावित भएका छन्। समुद्री बन्दरगाह र डुंगा सञ्चालनमा समेत अस्थायी रूपमा रोक लगाइएको छ।

रूसी  क्षेत्रमा भने सुनामीको उच्च जोखिम नरहेको जनाइएको छ, तर जापानको मौसम विज्ञान विभागले पनि यस भूकम्पलाई ध्यानमा राख्दै आफ्नो तटीय क्षेत्रहरू होक्काइडो र कुरील द्वीपसमूह नजिकका क्षेत्रहरूमा निगरानी बढाएको छ। यसैबीच, अमेरिकी तटीय क्षेत्रमा समेत सुनामीको सम्भावना न्यून रहेको बताइएको छ, तर क्यालिफोर्निया, अलास्का र वेस्ट कोस्टका केही भागहरूमा पनि निगरानीमा कायमै राखिएको बताइएको छ ।