काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बुधबारदेखि आमरण अनसन सुरु गरेका छन्। स्थानीय कच्चा पदार्थ प्रयोग गर्न पाउनुपर्ने माग गर्दै उनले माइतीघरमा अनसन सुरु गरेका हुन्।

आइतबार उनले माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर सत्याग्रह सुरु गरेका थिए । माग पूरा नभएपछि उनले आमरण अनसन सुरु गरेका हुन् ।

ADVERTISEMENT

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ । उनले ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ,’ ‘प्रकृतिको विनाश हैन, संरक्षण गरौँ,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ,’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

ADVERTISEMENT

झन्डै चार दिनदेखि माइतीघरमा जनप्रतिनिधि सत्याग्रहमा बसे पनि संघ सरकारले कुनै चासो देखाएको छैन । भट्टराईले संघ सरकारले आफ्ना माग पूरा नगरेसम्म अनसन नछाड्ने घोषणा गरेका छन् । उनले यसबीचमा पटकपटक सिंहदरबार छिर्ने सडकमा सुतेर विरोध जनाउँदै आएका छन् । तर प्रहरीले उनलाई गाडीमा हालेर माइतीघरमा ल्याएर छाड्ने गरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

ADVERTISEMENT