काठमाडौं । आगामी साउन २४ गतेदेखि २८ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी आयोजना हुने भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन नाइमाको आयोजनामा प्रर्दशनी हुुन लागेको हो । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन लन्च हुने भएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार यसपटकको एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् । विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छन् । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारीसाधन सार्वजनिक हुने जानकारी गराइयो ।

ADVERTISEMENT

त्यसपश्चात् मुख्य प्रायोजक संस्थाहरू—एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ADVERTISEMENT

एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेका प्रदर्शनीमा टिकेटिङ पार्टनरको रूपमा खल्ती बाइ आईएमई, बेभरेज पार्टनरमा माउन्टेन ड्यू, ब्रुइङ पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्भेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्क, हस्पिटालिटी पार्टनरमा सोल्टी होटल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल, र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरूलाई लक्षित गरी प्रायोजक कम्पनीहरूले विशेष सुविधाहरूको व्यवस्था गरेका छन् । राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबीसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ ।