काठमाडौं, पूर्व मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालको सेवा निवृत्तिपछि रिक्त रहेको सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा विमल पौडेललाई नियुक्त गरिएको छ। न्याय सेवा आयोगको सोमबार बसको बैठकले पौडेललाई उक्त पदमा नियुक्त गरेको हो। उनले औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गरिसकेका छन्।
विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त






