काठमाडौँ । प्राइम बैंकले १० वर्षदेखि निष्क्रिय खाता बन्द गर्ने भएको छ । खातामा पैसा नभएका र लामो समयदेखि निष्क्रिय रहेका खाता बन्द गर्ने भएको हो ।

हालै सार्वजनिक सूचना निकालेर बैंकले १० वर्षदेखि सञ्चालन नभई शून्य मौज्दातमा रहेका निष्क्रिय खाता बन्द गर्न लागेको जनाएको छ। यो अवधिभर कुनै कारोबार नभएको र खातामा पैसा पनि नभएको अवस्थामा मात्रै बैंकले बन्द गर्ने जनाएको छ।

ADVERTISEMENT

यद्यपि त्यस्ता खाता पुनः सञ्चालनमा ल्याउन चाहेकमा खातावालहरुले यो सूचना प्रकाशित भएको सात दिनभित्र बैंकको जुनसुकै शाखा कार्यालय गएर सम्पर्क राख्न सक्नेछन्। यो अवधिमा खाता सञ्चालन नभए बैंकले स्वतः त्यस्ता खातालाई बन्द गर्ने छ।

ADVERTISEMENT