काठमाडौं । रुसको अमुर क्षेत्रमा एन्टोनोभ एएन–२४ यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । विमान साइबेरियाको अंगारा एयरलाइन्सको थियो।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा कोही पनि बाँच्ने सम्भावना छैन। विमानको भग्नावशेष जंगलमा जलिरहेको अवस्थामा फेला परेको छ। उद्धार टोलीहरू घटनास्थलतर्फ गइरहेका छन्।
रोयटर्सका अनुसार रुसी आपतकालीन सेवाहरूले विमानको भग्नावशेष जंगलमा जलिरहेको अवस्थामा फेला परेको बताएका छन्। हेलिकप्टरबाट लिइएका तस्बिरहरूले विमानको अगाडिको भाग आगोमा डुबेको देखाएको छ। उद्धार टोलीहरू घटनास्थलतर्फ गइरहेका छन् । विमान ब्लागोभेस्चेन्स्कबाट टिन्डा जाँदै थियो। सन् १९७६ मा निर्मित विमान टिन्डा पुग्नेबित्तिकै विमान राडारबाट गायब भएको थियो ।
दुर्घटनाको कारण खराब मौसम र चालक दलको त्रुटि भएको मानिन्छ। रूसी समाचार एजेन्सी टिएएसएसका अनुसार कमजोर दृश्यताको बीचमा अवतरण गर्दा चालक दलले गल्ती गरेका थिए, जसले गर्दा दुर्घटना भएको थियो। विमानको भग्नावशेष टिन्डाबाट १५ किलोमिटर टाढा पहाडमा फेला परेको थियो। दुर्घटनास्थल रुसी राजधानी मस्कोबाट ६६ सय किलोमिटर पूर्वमा पर्छ ।





