काठमाडौँ । बाढीपहिरोका कारण रसुवा नाकामा अलपत्र परेका २०५ जना नेपाली १६ दिनपछि तातोपानी नाका भएर बुधबार नेपाल फर्किएका छन् ।

तातोपानी नाका भएर फर्किने २०५ जनामध्ये २ जना बालबालिका रहेका छन् । गत २३ असारमा भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएपछि उनीहरू चीनतर्फ नै अलपत्र परेका थिए ।

अलपत्र परेका उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीसहितको गाडीमा केरुङबाट तातोपानी नाका ल्याइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

गत २३ असारमा भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएपछि उनीहरू चीनतर्फ नै अलपत्र परेका थिए ।