काठमाडौं, ब्रिटिस अभिनेत्री एमा वाटसनलाई ६ महिनाको लागि ड्राइभिङ प्रतिबन्ध लगाइएको छ। उनले अक्सफोर्डको ३० माइल प्रतिघण्टा गति  सिमित क्षेत्रमा उनले ३८ माइल प्रतिघण्टाको  गतिमा गाडी चलाएको पाइएको थियो। यसअघि पनि  उनले तीन पटक स्पीडिङ नियमको उल्लंघन गरिसकेकी थिइन्, जसका कारण उनका ड्राइभिङ स्कोर १२ पुगेका थिए, जुन बेलायतको ट्राफिक नियमअनुसार स्वत: प्रतिबन्ध लाग्ने सीमा हो।

उनी अदालतमा उपस्थित नभए पछि  उनको अदालती सुनुवाइ पाँच मिनेटमै सकिएको थियो, जसमा उनलाई १०४४ पाउण्ड  जरिवाना, अदालत खर्च र अन्य शुल्क  तिराउने आदेश दिइएको छ । रोचक कुरा के छ भने, उनीसँगै “ह्यारी पोटर” की सह-कलाकार जो वानामेकरलाई पनि उही दिन समान स्पीडिङ आरोपमा ६ महिनाको प्रतिबन्ध लागेको छ। एमा हाल अक्सफोर्डमा अध्ययनरत छिन् र हालको दिनहरुमा उनि अभिनयभन्दा सामाजिक अभियानहरूमा सक्रिय छन्।

ADVERTISEMENT