काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ ।
यस पहल अन्तर्गत इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्यो । यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरूको वितरण पनि गरिएको छ ।
नवनिर्मित घरहरू बाढी र पहिरो पीडितहरूको विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न स्थानीय समुदायसँगको परामर्शमा तयार गरिएको हो । बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका घरहरूले दिगोपन र सांस्कृतिक प्रासंगिकता दुवैप्रति प्रतिबद्धता दर्शाउँछ, जसले परिवारहरूलाई स्थानीय परिस्थितिहरूको सामना गर्न डिजाइन गरिएको टिकाउ, र वातावरणीयरूपमा उपयुक्त संरचनाहरू प्रदान गर्दछ ।
इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन्, “इनड्राइभमा हाम्रो मिसन केवल राइड सर्भिसमा मात्र सीमित छैन, यो दीर्घकालीन, सार्थक, अर्थपूर्ण र दिगो परिवर्तन सिर्जना गर्ने यात्रासँग सम्बन्धित छ ।
यो सहकार्यमार्फत हामी केवल बसोबासको व्यवस्था मात्र गरिरहेका छैनौं, बाढी र पहिरोबाट सबैथोक गुमाएका परिवारहरूमा स्थिरता, सम्मान र आशाको पुनःस्थापना गरिरहेका छौं । हामी उनीहरूलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने यात्रामा स्वतन्त्र निर्णय लिने अधिकार र नयाँ आत्मविश्वासका साथ सँगै उभिन पाउँदा गर्व गर्छौ ।

इनड्राइभले सदैव समुदाय(केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको छ । इनड्राइभमा एपीएसीका रिजनल डाइरेक्टर मार्क टलीले भने, “इनड्राइभको मुख्य उद्देश्य सामाजिक अन्यायलाई चुनौती दिनु हो, र हामीले थालेको यो पहल सोही उद्देश्यको प्रत्यक्ष प्रतिबिम्ब हो ।

हाम्रो लक्ष्य सन् २०३० सम्ममा एक अर्ब मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो, त्यो पनि समुदाय–संचालित र दिगो कार्यहरूमार्फत । यी बनाइएका घरहरू केवल बाँस र माटोले बनेका संरचनाहरू मात्र नभई, घरवार गुमाएका परिवारहरूका लागि पुनः जीवन सुरु गर्न सक्ने सुरक्षित स्थान हुन् जसले उनीहरूलाई फेरि आत्मबल दिनेछ