काठमाडाैं । बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एण्ड कलेजमा भएको सोमबार भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

ढाका ट्रिब्युनका अनुसार सो बिमान दुर्घटनापछि मृत्यु हुनेमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । थप, ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ADVERTISEMENT

नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा मंगलबार बिहान ८ बजे आयोजित ब्रिफिङमा प्रमुख सल्लाहकारका विशेष सहायक डा. सैयदुर रहमानले अपडेट गरिएको मृतकको तथ्यांक पुष्टि गरेका हुन् । उनका अनुसार हालसम्म २० जनाको शव परिवारलाई बुझाइएको छ।
जलेका बालबालिकाका लागि प्रार्थना गर्दै डाक्टर सैयदुरले अस्पतालमा भीडभाड नगर्न आग्रह गरेका छन् ।

ADVERTISEMENT

अन्तर सेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) का अनुसार एफटी–७ बीजीआई लडाकु विमान सोमबार दिउँसो १ः०६ बजे कुर्मिटोला एयरबेसबाट उडेको केही मिनेटपछि दिउँसो १ः१८ बजे मेकानिकल खराबीका कारण दुई तले विद्यालय भवनमा ठोक्किएको थियो ।