काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखडले एक्कासि पदबाट राजीनामा दिएपछि अनेकथरी शंका गर्न थालिएको छ । धनखडले सोमबार राति स्वास्थ्यको कारण उल्लेख गर्दै राजीनामा दिएका हुन् ।

उनको राजीनामा सम्बन्धमा विभिन्न खालका अड्कलबाजी भइरहेका छन् । उनको उपराष्ट्रपतिको कार्यकाल सन् २०२७ अगस्टमा पूरा हुन्थ्यो । तर धनखडले स्वास्थ्यलाई प्राथमिकता दिन चिकित्सकले सल्लाह दिएको भन्दै उनले अचानक राजीनामा दिए ।

ADVERTISEMENT

उपराष्ट्रपति राज्यसभाका सभापति पनि हुने भएकाले यस पदमा रहँदा उनको विपक्षीसँग पनि टकराव देखिन्थ्यो । गएको वर्षको डिसेम्बरमा विपक्षी गठबन्धन इण्डियाले उनका विरुद्ध अविश्वास प्रस्तावको सूचना दिएको थियो ।

ADVERTISEMENT

धनखडको राजीनामापछि कंग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा लेखे– ‘उपराष्ट्रपतिले अचानक राजीनामा दिएको कुरा जति अचम्मको छ, उति नै बुझ्न कठिन पनि । म आज साँझ झण्डै ५ बजेसम्म अरु सांसदहरूसँगै उनीसँग थिएँ । साँझ ७ः३० बजे फोनमा पनि कुरा भएको थियो ।’

भारतीय पत्रकार रशीद किदवई भन्छन्, ‘कसैलाई उपराष्ट्रपति बनाइ सन्तुलन कायम गर्ने प्रयास हो कि ? किनकि यो एक ठूलो पद हो । यद्यपि यो सबै जेपी नड्डाका लागि गरिएको होइन होला । तर घटनाक्रम जुन गतिको साथ घटिरहेका छन्, त्यहाँ केही न केही त छ ।’
भाजपाको अध्यक्षका लागि विभिन्न नाम चर्चामा आइरहेका बेला धनखडको राजीनामाले स