काठमाडौं । नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी  नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

ADVERTISEMENT

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले सोमबार गरेको विज्ञप्तिअनुसार यसरी बढुवाका लागि सिफारिस भएका डीएसपीहरूमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन् ।

ADVERTISEMENT