काठमाडौं । संघीय संसद्का विभिन्न पाँच समितिको बैठक आइतबार बस्दैछ ।
निर्धारित कार्यतालिकाअनुसार आइतबार कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए । यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन आव २०८०÷८१० माथि’ छलफल हुनेछ ।





