काठमाडौँं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो । न्यौपानेको ६ वर्षे कार्यकाल आगामी फागुनमा सकिँदैछ । त्यसपछि उनी ६ महिना मन्त्री पदमा रहन सक्नेछिन् । संविधानमा मन्त्री भएको ६ महिनाभित्र सांसद चुनिएर आउनुपर्ने व्यवस्था छ ।

संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस अघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस मागेको अडियो काण्ड बाहिर आएपछि उहाँले मङ्गलबार नै पदबाट राजीनामा दिनुभएको थियो ।