काठमाडौं । राजसंस्था पुनःस्थापनाको अभियानमा लागेको ८६ वर्षीय वृद्ध पञ्चनेता नवराज सुवेदीको दुवैतिर पद गुमेको छ । सुवेदीले ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ संयोजक बनेपछि राप्रपा परित्यागको घोषणा गरेका थिए ।

गत चैत ४ गते डिल्लीबजारस्थित भोजनगृहमा आयोजित जनआन्दोलन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै उनले ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु’ भनेका थिए ।

ADVERTISEMENT

झन्डै पाँच महिनापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षमा रोशन कार्कीलाई मनोनीत गरेका थिए । तर पार्टीले आफूमाथि गरेको कारबाही विधानविपरीत रहेको दाबी गर्दै असार २९ गते उनले उजुरी दर्ता गरेका छन् ।

ADVERTISEMENT

राप्रपाको पूर्ववत् जिम्मेवारीमा फर्किने अभिव्यक्ति दिनुअगाडिसम्म निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गर्दै समितिले उनलाई बिदाइ दिएको हो । मंगलबार विज्ञप्ति जारी गर्दै समितिले पार्टीको आबद्धता परित्याग घोषणापश्चात ४४ वटा पार्टी, अभियान र संघसंस्थाले उनलाई संयोजक स्वीकारेको स्मरण गराएको छ ।

आन्दोलनले पुनः स्वतन्त्र संयोजककारी खोजेको उल्लेख गर्दै समितिले संयोजकले पछिल्लो अभिव्यक्ति दिनुअगावैदेखि सबै दल, अभियान, संघसंस्थाहरुसँग छलफल अगाडि बढाएको जनाएको छ । समितिले चाँडै ‘साझा स्वतन्त्र नागरिक आन्दोलन घोषणा’ गर्ने जानकारी दिएको छ ।

ADVERTISEMENT

‘समितिका संयोजकज्यूलाई सबैका साझा व्यक्तित्वका रुपमा उहाँले पार्टीको आबद्धता परित्याग गर्नुभएको घोषणापश्चात ४४ वटा पार्टी, अभियान र संघसंस्थाहरुले स्वीकार गर्नुभएको थियो तर पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहनु भएपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रयास खोजेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँले आफू आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमै रहन चाहनुभएको अभिव्यक्ति दिनु पूर्वसम्मको भूमिकाका लागि उहाँमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न कसैले कञ्जुस्याइँ गर्नुहुँदैन ।’