काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बनमा परेकी छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले इमेलमार्फत क्षेत्रीय निर्देशक निलम्बनमा परेको जानकारी सदस्य राष्ट्रहरुलई दिएका छन् । उनको निलम्बनको कारण भने खुलाइएको छैन ।

डब्लूएचओका अनुसार छानविन नटुंगिन्जेलसम्मका लागि वाजेदलाई ११ जुलाईबाट निलम्बन गरिएको हो । गत जुलाई ११ मा बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले वाजेदविरुद्ध ठगी, कागजपत्र कीर्ते र पदको दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको थियो ।

ADVERTISEMENT

वाजेदले डब्लूएचओको क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिँदा पेस गरेको शैक्षिक योग्यता पनि झुटो भएको आरोप लागेको छ । वाजेद आफ्नी आमा शेख हसिना बंगलादेश प्रधानमन्त्री हुँदा क्षेत्रीय निर्देशक चयन भएकी थिइन् । त्यतिबेला उनीमाथि शक्तिको दुरुपयोग गरेर निर्वाचित भएको आरोप लागेको थियो ।

ADVERTISEMENT